बुधवार, आश्विन १४ गते २०८३

नेपालका केही जिल्लाहरुमा भूकम्पको धक्का महसुस

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । नेपालमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो १ बजेर ५९ मिनेटमा कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको छ । भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको बताइएको छ ।

यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । 

प्रतिक्रिया
सम्बन्धित समाचार