बुधवार, आश्विन १४ गते २०८३

जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट थुनुवा फरार

बुधवार , जेठ ८, २०८२

काठमाडौं । जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको गेटबाट एक थुनुवा फरार भएका छन् ।

प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका एक थुनुवा परिसरको गेटबाटै फरार भएको एक अधिकृतले बताएका छन् । ती प्रहरी अधिकृतका अनुसार फरार हुनेमा २४ वर्षीय निशान परियार रहेका छन् ।

प्रहरीका अनुसार उनी अभद्र व्यवहारको कसुरका थुनुवा हुन् । फरार थुनुवाको खोजी कार्य सुरु भए पनि पक्राउ परेका छैनन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार