बुधवार, आश्विन १४ गते २०८३

सोल्टी होटलमा यी चार नेतासँग पूर्वराजा शाहले गरे लन्च मिटिङ

बिहिवार , जेठ ९, २०८२

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादी नेताहरूसँग लन्च मिटिङ गरेका छन्।

बिहीबार काठमाडौंको सोल्टी होटलमा शाहले संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्टसँग लन्च मिटिङ गरेका हुन्।

पूर्वराजा शाह र नेताहरूबीच के-के विषयमा कुराकानी भयो भन्नेबारे बाहिर आएको छैन । संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि जनआन्दोलनु घोषणा गरेको छ। राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डामा उनीहरूले आन्दोलन गर्न लागेका हुन्।

त्यसका लागि समितिले तयारी स्वरूप दिनहुँजसो कार्यक्रमहरू गर्दै आइरहेको छ। यसै मेसोमा राजावादीहरूले आज पूर्वराजासँग लन्च मिटिङ गरेका हुन्।

यसअघि पूर्वराजा शाह १२ दिनसम्म नगरकोटमा बसेर राजावादी नेताहरूसँग भेटवार्ता गरेका थिए भने वैशाख ५ गते राप्रपाका ७ जना नेताहरूसँग निर्मल निवासमा लन्च मिटिङ गरेका थिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार