युक्रेनको भ्रमणपछि कोषले युक्रेनले मार्चको अन्त्यसम्ममा आफ्ना सबै लक्ष्य र कार्यसम्पादन मापदण्ड पूरा गरेको र यसको कार्यकारी बोर्डले नयाँ वितरणलाई अनुमोदन गर्न सिफारिस गरेको जनाएको छ।
धेरै हदसम्म औपचारिकता मानिने यो प्रक्रिया समितिद्वारा अनुमोदित भएमा आइएमएफले युक्रेनलाई तुरुन्तै ५० करोड डलर उपलब्ध गराउनेछ। हालको कार्यक्रमअन्तर्गत यसको वितरण १०.७ अर्ब डलरको नजिक पुग्नेछ।
आइएमएफ मिसन प्रमुख गेभिन ग्रेले एक विज्ञप्तिमा तीन वर्षभन्दा लामो युद्धबाट उत्पन्न चुनौतीका बावजुद युक्रेनको अर्थतन्त्र लचिलो रहेको बताए।
उनले भने, ‘कोषले यस वर्ष सामान्य मुद्रास्फीति–समायोजित आर्थिक वृद्धिको अपेक्षा दुईदेखि तीन प्रतिशतको बीचमा गरेको छ र यसले श्रम अवरोध र ऊर्जा पूर्वाधारमा क्षतिबाट भएको आर्थिक सुस्ततालाई प्रतिबिम्बित गर्छ।’
उनले खाद्यान्न र श्रमको बढ्दो लागतका कारण मुद्रास्फीति निरन्तर बढ्दै गएको र अप्रिलमा १५।१ प्रतिशत पुगेको बताए।
कोषले युद्धले जनसङ्ख्या, अर्थव्यवस्था र पूर्वाधारमा ठूलो असर पारिरहेकोले युक्रेनको आर्थिक परिदृश्य असाधारण रूपमा अनिश्चित रहेको जनाएको छ।
‘चुनौतीपूर्ण वातावरणको बावजुद, यो कार्यक्रम सही मार्गमा छ र ठूलो मात्रामा बाह्य प्रतिबद्धताहरूको आधारमा पूर्ण रूपमा वित्तपोषित छ,’ विज्ञप्तिमा भनिएको छ।