बुधवार, आश्विन १४ गते २०८३

डोटीमा गगुडाबाट दिपायलतर्फ जादै गरेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

आइतवार , जेठ १९, २०८२

काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । 

केआईसिंह गाउँपालिका–५ केदार गाउँमा आज बिहान जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालले जानकारी दिएका छन् । बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ जादै गरेको सुपप्र ०१००१ज१४६४ नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ भने पाँचको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार