बुधवार, आश्विन १४ गते २०८३

कमल थापालाई भेट्न जाँदा पक्राउ परे राप्रपाका सांसद सिंह

आइतवार , जेठ १९, २०८२

काठमाडौँ । राजावादीको आन्दोलनबाट पक्राउ परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका राप्रपाका सांसद दीपक सिंह पनि पक्राउ परेका छन्। 

नक्सालस्थित नारायणचौरमा आन्दोलनकारीलाई उक्साउँदै अभिव्यक्ति दिएको आरोपमा थापासहित ७ जनालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ। 

केहीबेर अघि काठमाडौँ परिसर पुगेका सिंहलाई प्रहरीले त्यहीँबाट नियन्त्रणमा लिएको हो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार