बुधवार, आश्विन १४ गते २०८३

यस्तो रहने छ आजको मौसम

सोमवार , जेठ २०, २०८२

काठमाडौँ । सोमबार देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै कोशी प्रदेशमा मनसुनी वायु तथा अरु ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर बाढी आउने गरी ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

नेपाल आइपुग्ने सरदर मितिभन्दा १५ दिनअघि नै गएको बिहीवार कोशी प्रदेशमा आइपुगेको मनसुन अब केही दिन अघि नबढ्ने देखिएको छ ।

अबको तीन दिनसम्म मनसुन अघि बढ्ने सम्भावना कम देखिएको छ । सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मनसुन भित्रिएकै दिन कोशी प्रदेशमा ठूलो पानी पर्दा सडक, जलविद्युतलगायतका संरचनामा क्षति पुगेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार