बुधवार, आश्विन १४ गते २०८३

राइड सेयरिङ सेवाको बढी भाडा नलिन प्रहरीको चेतावनी

सोमवार , जेठ २०, २०८२

काठमाडौं । राइड सेयरिङ सेवाको बढी भाडा नलिन प्रहरीले चेतावनी दिएको छ ।

सार्वजनिक सवारी साधन बन्द भएको मौका पारी भाडा बढाएको गुनासो आएपछि प्रहरीले सूचना जारी गर्दै भाडा नबढाउने चेतावनी दिएको हो । प्रहरी प्रधान कार्यालयले सूचना निकालेर यात्रुहरूलाई अफलाइन सेवासमेत प्रयोग नगर्न सचेत गराएको छ ।

आज यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका छन् । यसै मौकामा राइड सेयरिङ सेवा शुल्क बढाइएको छ भने अफलाइन चलाउनेहरूको संख्या पनि बढेको छ । भाडा बढाएको गुनासो आएपछि राइड सेयरिङ सेवा सञ्चालन गरिरहेको पठाओ कम्पनीले भने सूचना जारी गर्दै नबढाएको दाबी गरेको छ ।

पठाओले सूचनामा भनेको छ, ‘आज सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड सेयरिङले भाडा वृद्धि गरेको समाचारहरू आइरहेका छन्, जसमा पठाओको नाम पनि जोडिएकोछ, हामी प्रष्ट पार्न चाहन्छौं कि हामीले नियमित शुल्क मात्रै लिएका छौं ।’

पठाओले यात्रुहरूलाई अफलाइन सेवा नलिनसमेत सचेत गराएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार