बुधवार, आश्विन १४ गते २०८३

सहमतिपछि पनि व्यवसायीले किन गरेनन् सार्वजनिक यातायात सञ्चालन ?

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । आज पनि काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गराएका छन् ।

सरकारसँग सहमति भए पनि व्यवसायीहरुले उपत्यकामा गाडी सञ्चालन गरेका छैनन् । वार्तामा भएको सहमति कार्यान्वयनमा आउने पक्का भएपछि मात्रै बन्द फिर्ता गर्ने अडानमा व्यवसायी रहेका छन् ।

सहमति भए पनि गाडी बन्द गर्ने सूचना जारी भए पनि उपत्यकामा सार्वजनिक यातायात फाट्टफुट्ट मात्रै चलेका छन् । सवारी साधन नचलेपछि यात्रुहरू मर्कामा परेका छन् । बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरू प्रभावित भएका छन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवासम्बन्धी नियमावली जारी गरेपछि त्यसको खारेजीको माग गर्दै यातायात व्यवसायीहरु आन्दोलित भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार