बुधवार, आश्विन १४ गते २०८३

बाढी महाशाखाले भन्यो: आज यी १५ जिल्लामा सतर्कता अपनाऔँ

बिहिवार , जेठ २३, २०८२

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनझैँ आज पनि मुलुकका कुन-कुन स्थानमा बाढीको जोखिम छ भन्ने विषयमा जानकारी दिएको छ। 

बाढी महाशाखाले  जारी गरेको बुलेटिनअनुसार आज खासगरी १५ जिल्लामा बाढीबाट सजग रहन आवश्यक छ।  सूचनामा भनिएको छ: आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, सप्तरी, सिराहा, धनुषा, धनकुटा, सर्लाही, बारा, पर्सा, चितवन, कपिलवस्तु र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूमा बहाव सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

यस्तै बाढी महाशाखाले आगामी ३ दिन (शनिबारसम्म) कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक रहेको उल्लेख गरेको छ। 

सूचनामा अगाडि भनिएको छ: कन्काई, कमला, बागमती र पूर्वी राप्ती मा बहाब केही हदसम्म बढ्न सक्ने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराखौँ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार