मंगलवार, आश्विन १३ गते २०८३

मस्कका कम्पनीहरूसँगको सरकारी सम्झौता कटौती गर्ने ट्रम्प प्रसाशनको चेतावनी

शुक्रवार , जेठ २४, २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कबीचको तनाव उत्कर्षमा पुगेको छ । योसँगै विश्वको सबैभन्दा शक्तिशाली नेता र धनाढ्य व्यक्तिबीचको यसअघिको मित्रता समाप्त भएको बीबीसीले जनाएको छ ।

मस्कले राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको खर्च तथा बिलसम्बन्धी कानूनविरुद्ध सक्रिय रूपमा एक हप्ताभन्दा बढी समयदेखि पैरवी गरिरहेका छन् । योबीचमा हिजो ट्रम्पले जर्मन चान्सलरसँगको भेटमा मस्कसँगको आफ्नो निराशा बारे स्पष्ट पारेको खबरमा उल्लेख छ ।

ट्रम्प र मस्कबीचको टकरावका  कारण ट्रम्प प्रसाशनले मस्कका कम्पनीहरूसँगको सरकारी सम्झौताहरू कटौती गर्ने चेतावनी पनि दिइइरहेको छ । यही तनावकाबीच मस्कको कम्पनी टेस्लाको स्टक मूल्य १४ प्रतिशतले घटेको छ ।

गएको हप्ता मस्कले आधिकारिक रूपमा आफ्नो सरकारी पद छोडेपछि उहाँहरुबीच विवाद शुरु भएको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार