मंगलवार, आश्विन १३ गते २०८३

ट्रम्प भन्छन् : मस्कले आफ्नो सोच्ने शक्ति गुमाउनुभयो

आइतवार , जेठ २६, २०८२


काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व प्रसिद्ध अमेरिकी उद्यमी एलन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ दाबी गरेका छन् । 

अर्बपति एलन मस्क आफ्नो विरुद्धमा उभिएपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । ह्वाइट हाउसका अधिकारीहरूले एएफपीलाई बताएअनुसार ट्रम्पले मस्कसँग वार्ता गर्ने सोचलाई त्यागिसकेका छन्।

ट्रम्पले एयर फोर्स वानमा आफ्नो न्यूजर्सी गल्फ क्लब जाने क्रममा पत्रकारहरूसँग भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा म चीन, रूस, इरानसँगको छलफलमा व्यस्त भएको छु। म एलन मस्कको बारेमा सोचिरहेको छैन। म मस्कसँग कुरा गर्न ‘खासै’ इच्छुक छैन । मस्कले सोच्ने शक्ति गुमाउनुभएको छ।’

उनीहरूबीच विवाद चुलिएपछि तथाकथित ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डिओजिई)’ मा चार महिना काम गरेपछि मस्कले एक साताअघि मात्र आफ्नो लागत कटौतीको भूमिकाबाट बिदा लिने निर्णय गरेका थिए। व्यापार तनावका समाचारहरू आइरहेका बेला उनीहरूको सम्बन्ध जुन तीव्र गतिमा बिग्रियो, त्यसले वासिङ्टनलाई स्तब्ध बनाएको थियो।

मस्कले गत मङ्गलबार ट्रम्पको खर्च विधेयकलाई ‘घृणित’ भनेपछि ट्रम्पले बिहीबार आफ्नो कार्यालय (ओभल अफिस) बाट एक टिप्पणीमार्फत् जवाफ दिँदै मस्कबाट आफू ‘धेरै निराश’ भएको बताएका थिए। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार