काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले साधार शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने छ ।
जसमध्ये ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ ।