काठमाडौं । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री समेत सवार भएको खुलेको छ । अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज केही मिनेटमै भुइमा खसेको हो । विमान टुक्राटुक्रा भएको छ । उद्धार जारी छ ।
२४२ यात्रु सवार एयर इन्डियाको ड्रिमलाइनर विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको भारतीय समाचार संस्था दैनिक भास्करले जनाएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेकोले उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूले हावामा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ ।
दुर्घटनापछि सातवटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका छन् ।