सोमवार, श्रावण २५ गते २०८३

दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५२ बेलायती नागरिक सवार थिए 

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं ।  भारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५२ जना बेलायती नागरिक रहेको पुष्टि भएको छ ।

एक जना क्यानडेली नागरिक रहेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै पोर्चुगलका ६ जना नागरिक रहेको समेत भारतीय सञ्चारमाध्यमले जनाएको छ । भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।

जहाजमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार