सोमवार, श्रावण २५ गते २०८३

एयर इन्डिया विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । एयर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

विमानस्थलका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहमदाबादबाट लन्डन, गेटविकका लागि उडान नम्बर एआई १७१ आज उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भयो । फलस्वरूप, सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल हाल बन्द छ । अर्को सूचना नभएसम्म सबै उडानहरू निलम्बित रहनेछन् ।’

प्रवक्ताले भनेका छन्, ‘यात्रुहरूले विमानस्थलमा आइपुग्नुअघि आफ्नो एयरलाइन्ससँग पछिल्लो जानकारीको लागि जाँच गर्नु होला । हामी तपाईंको सहयोग र धैर्यताको लागि अनुरोध गर्दछौं । थप जानकारी उपलब्ध हुने बित्तिकै तपाईंलाई प्रदान गरिनेछ, ।’

यता, एयर इन्डियाले अहमदाबादमा दुर्घटनाग्रस्त भएको आफ्नो विमानमा सवार यात्रुहरूको बारेमा जानकारी दिएको छ । २४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १ : ३८ बजे अहमदाबादबाट उडेको थियो ।

यो विमान बोइङ ७८७–८ विमान थियो । विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगलका नागरिक थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार