सोमवार, श्रावण २५ गते २०८३

एयर इन्डिया विमान दुर्घटना: कम्तिमा १२० जनाको ज्यान गएको आशंका

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । भारतको अहमदाबाद एयरपोर्ट नजिकै २४२ यात्रु बोकेको एयर इन्डियाको विमान दुर्घटनामा कम्तिमा १२० जनाको मृत्यु भएको आशंका गरिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

२४२ यात्रु बोकेको एयर इन्डियाको विमान बिहीबार अहमदाबाद एयरपोर्टबाट उडेको केही क्षणमै दुर्घटनाग्रस्त भएको थियो । स्रोतका अनुसार उक्त भयानक दुर्घटनामा कम्तीमा १२० जनाको मृत्यु भएको आशंका गरिएको छ । गुजरातको सरदार वल्लभभाई पटेल एयरपोर्टबाट उडान भरेको पाँच मिनेटपछि लण्डनतर्फ उडेको विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

सामाजिक सञ्जालमा भाइरल भएको विमान दुर्घटनाको दृश्यले आकाशमा कालो धुवाँको मुस्लो देखाएको छ । २४२ यात्रुमध्ये १२ जना चालक दलका सदस्य थिए भने अन्य यात्रु गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि लण्डनका लागि एयर इन्डियाको विमानमा सवार रहेको आशंका गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे दुख व्यक्त गर्दै घटनास्थलको निरीक्षणका लागि नागरिक उड्डयन मन्त्री राममोहन नायडूलाई अहमदाबाद पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार