विमानमा चालक दलकासदस्यसहित २४२ जना यात्रु सवार थिए । एक व्यक्ति चमत्कारिक रुपमा दुर्घटनाग्रस्त विमानमा बाँच्न सफल भएका थिए । “सुरुमा मलाई पनि म मर्न लागेको जस्तो लागेको थियो, तर पछि मैले आँखा खोलेँ र थाहा पाएँ कि म अझै जीवित छु,” बेलायती नागरिक विश्वासकुमार रमेशले अस्पतालको शैयाबाट राष्ट्रिय प्रसारक डीडी न्यूजसँग बताए ।
प्रहरी उपप्रमुख कानन देसाईले अहिलेसम्म २७० जनाको शव गणना गरिएको र विमान दुर्घटना भएको घटनास्थलमा कम्तीमा २४ जना गैर यात्रीको मृत्यु भएको जानकारी दिए ।
मृतकहरूको औपचारिक सङ्ख्या मृत शरीरको डिएनए परीक्षणपछि मात्र घोषणा गर्न सकिने प्रशासनले जनाएको छ ।