काठमाडौँ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले आफूहरू आत्मसमर्पण गर्ने देशमा नपर्ने चेतावनी दिएका छन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै नेता खामेनीले इरान कुनै हालतमा आत्मसमर्पण नगर्ने बताएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिना शर्त आत्मसमर्पण गर्न आह्वान गरेको भोलिपल्ट खामेनीको कडा प्रतिक्रिया दिएका हुन्।
‘अमेरिकीहरूले बुझ्नुपर्छ कि इरान आत्मसमर्पण गर्ने राष्ट्र होइन। अमेरिकाको कुनै पनि प्रकारको सैन्य हस्तक्षेपले निस्सन्देह अपूरणीय क्षति निम्त्याउनेछ’, उनले भने।
गत हप्ता इजरायलले इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेपछि खामेनीको यो दोस्रो सार्वजनिक टिप्पणी हो। अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार एक सामाजिक सञ्जालमार्फत खामेनीलाई आत्मसमर्पण गर्न दबाब दिएका थिए।