यता, इरानका सर्वोच्च नेताले आफ्नो देशले आत्मसमर्पण नगर्ने बताएका छन्। ट्रम्पका पछिल्ला टिप्पणीको प्रतिक्रिया दिँदै न्यूयोर्कस्थित इरानको राष्ट्रसङ्घीय नियोगले कुनै इरानी अधिकारीले ह्वाइट हाउसको ढोकामा नगिड्गिडाउनेु जनाएको छ।
ट्रम्पले इरानका सर्वोच्च नेता कहाँ छन् भनेर अमेरिकालाई थाहा भएको र तत्कालका लागि उनलाई हानि पुर्याउन आफूले नचाहेको टिप्पणी गरेका थिए।
यसबीच इरानका विदेशमन्त्री अब्बास अरागचीले उनको देश कूटनीतिमा प्रतिबद्ध भएको बताएका छन्। उनका अधिकारीहरूले अमेरिकी वार्ताकारहरूसँग सम्भावित बैठकबारे सोचिरहेको बताएका छन्।
इरानले उत्पन्न गराएको खतरा निमिट्यान्न पार्ने दिशामा लगातार प्रगति भइरहेको इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले बताएका छन्।
उसका लडाकू विमानहरूले इरानका परमाणु तथा बलिस्टिक क्षेप्यास्त्र केन्द्र अनि इरानी सत्ताका प्रतीकहरूमा हमला गरिरहेका छन्। इरानको राजधानी तेहरान छाडेर कैयन् मानिसहरू बाहिरिएका छन् भने कतिपयले चाहिँ अन्यत्र नजाने भनिरहेका छन्।