सोमवार, श्रावण २५ गते २०८३

ट्रम्प भन्छन् : अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमलाई दशकौं पछाडि धकेल्यो

बुधवार , आषाढ ११, २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमलाई दशकौं पछाडि धकेलेको बताएका छन्। अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमलाई कति क्षति पुर्‍याएको छ भनेर सोधिएको प्रश्नमा ट्रम्पले यस्तो दाबी गरेका हुन्।  

ट्रम्पले भने,‘मलाई लाग्छ यो दशकौं पछाडि धकेलिएको छ। उसले यो सहेको छ र धेरै कुराहरू भोगेको छ। अब उसलाई चाहिने अन्तिम कुरा भनेको समृद्धि हो। त्यो आक्रमणले युद्ध समाप्त गर्‍यो।’

ट्रम्पले इरान र इजरायलबीचको जारी द्वन्द्वलाई स्कुलको आँगनमा दुई बालबालिका झगडा गरे जस्तै वर्णन गरे। इजरायल र इरानबीचको द्वन्द्वलाई ध्यानमा राख्दै ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि कुरा गरेको बताएका छन्। ट्रम्पले भने ,‘मैले पुटिनलाई इरानलाई होइन, हामीलाई मद्दत गर्न भनेको थिएँ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार