शुक्रवार, आश्विन १६ गते २०८३

न्यादी हाइड्रोपावरको आइपिओ खुला, कहिलेसम्म र कसले आवेदन दिन पाउँछन् ? हेर्नुहोस्

मंगलवार , भाद्र १, २०७८

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) मंगलबारबाट बिक्री खुला गरिएको छ । कम्पनीले प्रतिशेयर १०० अङ्कित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

जसमध्ये आयोजना प्रभावित स्थानीयवासीका लागि पाँच लाख, जिल्लावासीका लागि १० लाख र बाँकी तीन लाख कित्ता शेयर कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीका लागि निष्काशन गर्न लागेको जनाएको छ ।

आयोजना प्रभावित स्थानीयवासीका लागी निश्कासन गरिएको पाँच लाख कित्ता शेयर मस्र्याङ्दी गाउँपालिका वडा ३ अर्थात साविकको खुदी गाविसका वडा नम्बर १, २, ३ र ६ का स्थानियका लागी मात्रै त्यस्तै मर्स्याङदी ६, ७ र ८ अर्थात साविकको बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडाका स्थानीय बासिन्दाले पाउनेछन् । उनिहरुले न्यूनतम १० देखी अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आइपिओमा एनएमबि बैंकको बेंसीशहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेँसीशहर, उदिपुर, दोर्दी, भोर्लेटार, सुन्दरबजार र भोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीले कम्पनीको कार्यालय बुद्धनगरबाट आवेदन दिन सक्नेछन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार