सोमवार, श्रावण २५ गते २०८३

शिकागोमा नाइटक्लब बाहिर गोलीबारी : चार जनाको मृत्यु, १४ घाइते

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौं । शिकागोको नाइटक्लब बाहिर गोलीबारी हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । 

राति ११ बजे क्लब नजिकैबाट एउटा गाढा रंगको कारमा आएका बन्दुकधारीले त्यहाँ उपस्थित मानिसहरूमाथि गोलीबारी गर्न गरेको सीबीएस न्यूजले जनाएको छ । 

समाचारअनुसार र्‍यापर मेलो बक्जको एल्बम रिलिज पार्टीपछि नाइटक्लबबाट मानिसहरूको भीड बाहिर निस्किरहेको थियो।प्रहरीले गाडी तुरुन्तै घटनास्थलबाट भागेको र अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा नलिइएको जनाएको छ । 

गोलीबारीबाट घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा लगिएको छ। अस्पतालमा भर्ना भएका कम्तीमा चार जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार