उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठकमा विधान महाधिवेशनका एजेन्डामाथि पनि छलफल सुरु हुनेछ। एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसैको तयारीका लागि सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो।
यस्तै महाधिवेशनमा राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन् । जसअन्तर्गत राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, साङ्गठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने तयारी छ ।