आइतवार, आश्विन १८ गते २०८३

नाउपाको अध्यक्षमा रन्जिता नै कायम, लालवीरलाई आयोगले दिएन मान्यता

बुधवार , श्रावण २८, २०८२

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम भएकी छन् । रन्जिता श्रेष्ठलाई हटाउँदै नाउपामा एक समूहले राष्ट्रिय भेला मार्फत लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो ।

अध्यक्षमा दाबी गर्दै लालवीर चौधरीले अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको र रन्जितानै अध्यक्ष भएको आयोगले हिजो राति निर्णय गरेको आयोग स्रोतले जनाएको छ ।

निर्णय गर्नुभन्दा पहिले लालवीर र रन्जितालाई आयोगले पत्र काटेको थियो । दुवैले आफू अध्यक्ष भएको दाबी गर्दै आयोगलाई जवाफ दिएका थिए ।

उनीहरूको जवाफ, ऐन, कानुन र विधानको आधारमा रहेर रञ्जितालाई नै अध्यक्ष कायम गरिएको आयोग स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार