काठमाडौं । कञ्चनपुस्थित भिमदत्त नगरपालिकामा धर्नामा बसेका शिक्षक र प्रहरीबीच झडप हुँदा १२ जना बढी घाइतेका भएका छन् । भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलानमा असहमति जनाउँदै धर्नामा बसेका नेपाल शिक्षक संघ आबद्ध शिक्षक र सुरक्षाकर्मीबीच झडप भएको हो ।
कांग्रेस कार्यकर्ताले शिक्षक संघको धर्नामा ऐक्यबद्धता जनाउँदै नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने क्रममा सुरक्षाकर्मीसित झडप भएको जनाइएको छ । झडपपछि नगरपालिका कार्यालय तनावग्रस्त बनेको छ । अहिले आन्दोलनरत शिक्षक तथा कर्मचारी सबैलाई कार्यालय बाहिर पठाइएको छ । जसका काराण नगरपालिका कार्यालयका कामकाज अवरुद्ध भएका छन् ।
नगरपालिका कार्यालयमा सुरक्षाकर्मी व्यापक रुपमा परिचालन गरिएका छन् । नेपाल शिक्षक सम्बद्ध शिक्षकहरू एक महिनादेखि दरबन्दी मिलानको कार्य सच्याउनुपर्ने माग राख्दै धर्नामा बस्दै आएका थिए ।