आइतवार, कार्तिक ९ गते २०८३

सुदुरपश्चिमलाई विकासको मुल प्रवाहमा जोड्न कांग्रेस जनप्रतिनिधिले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

शुक्रवार , भाद्र ४, २०७८

काठमाडौं । देश विकासको मुल प्रवाहसंगै शुदूरपश्चिमलाई पनि जोड्न जनप्रतिनिधिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् । सत्तारुढ नेपाली काँग्रेस सुदूरपश्चिमका जनप्रतिनिधिले शुक्रबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।

डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साँउदको नेतृत्वमा रहेको टोलीले प्रदेशका विभिन्न योजना तथा आयोजनाको स्तर उन्नतीका लागि ज्ञापनपत्र बुझाइएको हो । उनीहरुले डडेल्धुरा स्वास्थ विज्ञान प्रतिष्ठान, मेडिकल कलेज स्थापना, पश्चिम सेती जलविद्युत आयोजनाको कार्य प्रारम्भ, धनगढी एयरपोर्टको स्तरउन्नती र भीमदत्त राजमार्ग देखि के आइ सिंह राजमार्गको स्तर उन्नती गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेका छन् । 

यस्तै ज्ञापन पत्रमा डडेलधुरादेखि गोठालापानी सडक, खोड्पेदेखि चैनपुर सडक महामाली राजमार्गको सत्बाझदेखि दार्चुला खलंगा सडक र सिलगढीदेखि अछाम मंगलसेन सडकको स्तर उन्नति गर्न पनि माग गरिएको छ ।

kangresh.png

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार