काठमाडौं । पदीय आचरण विपरित काम गरेको भन्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदलाई कारवाही गर्न संसदिय समितिले निर्देशन दिएको छ । उनिहरुलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको हो ।
संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले उनिहरुले पदीय आचरण विपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।
सर्वोत्तम सिमेन्टको सेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउँदले परिवारका सदस्यहरूको नाममा खरिद गरेको फेला परेको थियो ।