शुक्रवार, आश्विन १६ गते २०८३

१५ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा परे

मंगलवार , आषाढ २२, २०७८

काठमाडौं । १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।

पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालो सूचीमा परेकाहरुले कालोसूचीमा राखिएको अवधिभरसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

Black-List-.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार