शुक्रवार, आश्विन १६ गते २०८३

एनसेलद्वारा ग्राहकको १ अर्ब ११ करोड ठगी, हेर्नुस एनसेलले कसरी ठग्छ ग्राहक ? 

शुक्रवार , भाद्र ४, २०७८

काठमाडौं । मोबाइल सेवा प्रदायक निजी कम्पनी एनसेलले ग्राहकसँग एक अर्ब ११ करोड रूपैयाँ ठगी गरेको छ । ग्राहकहरुलाई भ्रम पैदा गरी गैर कानूनी रूपमा ग्राहक ठगी गरेको भन्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गरेको छ ।

प्राधीकरणले एनसेलले प्राधिकरणको निर्देशन र ऐन विपरित सेवा संचालन गरी ग्राहक ठगी गरेको भन्दै कारबाही सहित उक्त रकम क्षतिपूर्ति भराउन निर्देशन दिएको छ । यसका साथै एनसेलले गैरकानूनी काम गरेको भन्दै ५० हजार जरिवाना समेत गरेको छ ।

साथै ग्राहकसँग ठगी गरेको रकम क्षतिपूर्ति स्वरूप सम्बन्धित ग्राहककै मोबाइल नम्बर उक्त रकम तीन महिनाभित्र फिर्ता गर्न निर्देशन दिएको छ ।

कसरी ठगिन्छन् ग्राहक ?
एनसेलले गेमलफ्ट, हुवाए एप ग्यालरीलगायत अटो नवीकरण हुने सेवाहरू संचालन गरेको छ । ति सेवा कोही ग्राहकले अन्जानमै सुचारु गरेपनि रद्ध गर्न नजान्दा पैसा काटिने समस्या भोगिरहेका छन् । कतिपय ग्राहले मोबाइलमा रिर्चाज गरेको पैसा कहाँ जान्छ भन्ने पत्तो समते पाँउदैनन् । 

‘एनसेलले गेमलफ्ट, हुवाय एप ग्यालरी, दैनिक नवीकरण, तीन दिने नवीकरण, साप्ताहिक नवीकरण तथा मासिक नवीकरण प्याकेज गरी खरिद गरेबापत ग्राहकहरूसँग २०७५ असोज १५ देखि २०७७ जेठ १८ सम्म १ अर्ब ११ करोड २९ लाख ६७ हजार रूपैयाँ ठगी गरेको भेटियो प्राधिकरणले एनसेललाई कारबाही गरेको पत्रमा उल्लेख गरिएको छ । 

ग्राहक ठगी गरेको भन्दै त्यस्ता सेवाहरू सात दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । साथै सेवा बन्द गर्नुअघि कुनै ग्राहकले त्यस्ता सेवा खरिद गरेका छन् भने सबै ग्राहकहरूलाई उक्त रकम उनीहरूकै खातामा फिर्ता गरिदिन समेत प्राधिकरणले निर्देशन दिएको छ ।

साथै त्यसरी रकम फिर्ता लिन आउन ग्राहकलाई उपयुक्त संचार माध्यमहरूबाट जानकारी गराउन समेत उक्त निर्देशनमा भनेको छ । एनसेलले त्यस्ता सेवा संचालन गरी २०७७ जेठदेखि हालसम्म के कति रकम आर्जन गरेको छ । सोको विवरणसमेत १५ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

त्यसरी ग्राहकको रकम फिर्ता गर्दा ग्राहकको सेवा बन्द भएमा वा अन्य कुनै कारण ग्राहक पहिचान हुन नसकेको अवस्थामा फिर्ता हुन नसकेको रकम छुट्टै कोष खडा गरी उक्त कोषमा रकम जम्मा गरेर जानकारी गराउन समेत प्राधिकरणले निर्देशन दिएको छ ।

यसैगरी विभिन्न ‘भाइस’ सेवा संचालन तथा भ्वाइस, डाटा र योजना संचालन गर्दा भिन्न भिन्न शब्दावली प्रयोग नगरी सामान्य उपभोक्ताले पनि बुझ्ने शब्द प्रयोग गर्न र ग्राहकले चाहेको समयमा सजिलै सेवा बन्द गर्न सक्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

ncel-1.jpgncel-2.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार