माैसम पूर्वानुमान महाशाखाले दिउँसो देशभर साधारणतया बदली रहनुको साथै कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।
साथै, मधेस प्रदेशको तराईको एकदुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोसी र वाग्मती प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति भने कोसी, गण्डकीलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोसी प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानमा र बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।