मंगलवार, आश्विन १३ गते २०८३

मधेसमा ‘विशेष सुरक्षा योजना’का नाममा भएको गैरन्यायिक हत्याबारे छानबिन गर्न सर्वोच्चले दियो परमादेश

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । विगतमा माधव नेपाल नेतृत्वको सरकारले मधेसमा ‘विशेष सुरक्षा योजना’का नाममा भएको गैरन्यायिक हत्याबारे छानबिन गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ ।

बिहीबार सर्वोच्चको पूर्ण इजलासले यस्तो आदेश दिएको हो । मधेसमा चलाइएको विशेष सुरक्षा योजनाअन्तर्गतका कारबाहीको छानबिन गर्न माग गर्दै अधिवक्ता सुनिलरञ्जन सिंहले सर्वोच्चमा निवेदन दिएका थिए । तत्कालीन सरकारले १४ साउन ०६६ मा मन्त्रिपरिषद्‍बाट निर्णय गरेर विशेष सुरक्षा योजना सञ्चालन गर्ने निर्णय गरेको थियो ।

शान्ति सुरक्षा प्रभावकारी बनाउने भन्दै लागू भएको यो योजनाका क्रममा नागरिकको गैरन्यायिक हत्या भएकोले यसको स्वतन्त्र निकायबाट छानबिन हुनुपर्ने माग सिंहको रिटमा उल्लेख गरिएको छ । विशेष सुरक्षा योजना लागू हुँदा गृहमन्त्री भीम रावल थिए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार