शुक्रवार, आश्विन १६ गते २०८३

३६ हजार बढिले हात पारे मानुषी लघुवित्तको आईपीओ, यसरी हेर्नुस रिजल्ट

सोमवार , भाद्र ७, २०७८

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ  ३६ हजार ८५९ जनाले हात पारेका छन्। 

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालयमा गरेको आईपीओ बाँडफाँटमा ३ जनाले ११ कित्ता र ३६ हजार ८५६ जनाले १० कित्ता सेयर पाएका हुन्।

कुल २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ। मानुषी लघुवित्तको वेबसाइट तथा https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार