काठमाडौं । खाना पकाउने एलपी ग्यास सहित पेट्रोलियम पदार्थको मुल्य फेरि बढेको छ । नेपाल आयल निगमले मंगलबार साँझ एक सूचना प्रकाशित गरी आज राति १२ बजेदेखि लागू हुने गरी मुल्यवृद्धी भएको जानकारी दिएको हो ।
नयाँ कायम भएको मुल्य अनुसार ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढेकोे छ । अब ग्यासको खुद्रा मूल्य १ हजार चार सय २५ रुपैयाँ पुगेको छ । यस्तै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको निगमले जनाएको छ ।
पेट्रोल अब प्रतिलिटर १२९ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ११२ रुपैयाँ पुगेको छ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा पनि प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेर प्रतिलिटर ८४ रुपैयाँ पु¥याएको छ ।
निगमले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य निरन्तर बढेकाले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मुल्य सुचिअनुसार मुल्य समायोजन गरेको जनाएको छ ।