काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य फेरी बढाइएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो । निगमले सोमबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जनाएको छ ।
जस अनुसार पेट्रोलमा २ रूपैयाँ बढाएर नयाँ मूल्य प्रति लिटर १ सय ३० रूपैयाँ पुर्याएको छ । यसैगरी, डिजेल/मट्टीतेल प्रतिलिटर १ सय १३ रूपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य ८६ रुपैयाँ बनाएको छ ।
खाना पकाउने एलपी ग्यासमा २५ रूपैयाँ बढाएर १ हजार ४ सय ५० पुर्याएको छ । अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर १७ अमेरिकी डलरले बढाएर ७ सय ७० अमेरिकी डलर पुर्याएको छ ।