काठमाडौं । नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको उपस्थितिमा उनले राजीनामापत्र बुझाएका हुन् । उनले राजिनामा बुझाउँदै विवादमा परेको सेयर पनि कानुनअनुसार नै किनेको भन्दै पदिय मर्यादा नमिचेको स्पष्ट पारेका छन् ।
सर्वोत्तम सिमेन्टको ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेका बेला श्रीमतीको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएका थिए । मन्त्रालयले समेत साउदलाई स्पष्टीकरण सोधेको थियो । संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।