आइतवार, श्रावण २४ गते २०८३

महिला र चिम्पान्जीबीच प्रेम सम्बन्ध, महिलालाई चिडियाखानामा जान प्रतिबन्ध

बिहिवार , भाद्र १०, २०७८

काठमाडौं । बेल्जियमकी एक महिला चिडियाखानामा रहेको चिम्पान्जीसंग प्रेममा परेकी छन् । यो घटना उनले स्वीकारेपछि उनलाई चिडियाखानामा प्रवेस गर्न प्रतिवन्ध लगाइएको छ । रमाइलो कुरा त के भने ति महिला मात्रै होइन चिम्पान्जी पनि ति महिला संग प्रेममा रहेको ति महिलाको दावी छ । साथै चिम्पान्जीको व्यवहारले पनि यो कुरा पुष्टी गर्छ । समाचार अनुसार यो घटना बेल्जियमको एन्तोएर्प चिडियाखानाको हो ।

एडी टिमरम्यान नामकी ती महिला हरेक हप्ता चिडियाखानामा आउने र ३८ वर्षको चिता नामक चिम्पान्जीको नजिक गएर कुराकानी गर्ने र लामो समय बिताउने गर्दथिन् । काँचको पिँजडाभित्र रहेको चिम्पान्जी र उनीबीच एक अर्कालाई हात हल्लाउने, काँचमा टाँसिएर चुम्बन गर्नेलगायतका क्रियाकलाप दिनभर चल्दथ्यो ।

उनको यस्तो क्रियाकलाप ४ वर्षसम्म लगातार चलेपछि चिडियाखानाका अधिकारीहरुले त्यस्तो अस्वभाविक मित्रताका विषयमा छानबिन अगाडि बढाए । त्यसक्रममा टिमरम्यानले आफूले चिम्पान्जीलाई माया गर्ने र उसले पनि आफूलाई माया गर्ने गरेको दाबी गरिन् । आफूहरूबीच प्रेम सम्बन्ध रहेको तर कुनै अनैतिक सम्बन्ध कायम नगरेको उनको भनाइ छ ।

चिडियाखानाका अधिकारीहरुले भने त्यस्तो प्रेम सम्बन्धले उक्त चिम्पान्जीलाई उल्टै असर गरेको र चिडियाखानामा रहेका अन्य चिम्पान्जीहरुसँगको उसको सम्बन्ध विकासमा बाधा पुगेको बताएका छन् । महिलाको प्रेममा फसेको उक्त चिम्पान्जीलाई उसको समूहका अन्य सदस्यहरुले मतलब नै गर्न छाडेको र एकलकाटे बन्दै गएको अधिकारीहरुको भनाई छ ।

उता ती महिलाले भने आफुलाई चिडियाखानामा प्रतिबन्ध लगाउँदा चिम्पान्जी र आफू दुवै निरास भएको बताएकी छिन् ।
मानिसहरु जनावरप्रेमी हुनु अर्थात् जनावरलाई माया गर्नु स्वभाविकै हो । तर कहिलेकाहीँ जनावरप्रतिको माया साँच्चीकै विपरीत लिंगी मानिससलाई गर्ने मायाजस्तै तथा आशक्तिमा परिणत हुँदो रहेछ भन्ने कुरा यो घटनाले देखाएको  छ  ।
एजेन्सीको सहयोगमा 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार