आइतवार, कार्तिक ९ गते २०८३

कैलालीमा बाढीले बगाउँदा एकको मृत्यु, बाढी बस्तीमा पस्दा सयौँ घर डुबान

शुक्रवार , भाद्र ११, २०७८

काठमाडौं । कैलालीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका-६ चरेलास्थित गुलरा नदीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको हो। । बिहीबार साँझ लुगा धुँदै गरेकी थारूलाई अचानक खोलामा आएको बाढीले बगाएउँदा करिब ७ किलोमिटर टाढा उनको शब भेटिएको प्रहरीले जनाएको छ। यस्तै, नदिमा बगेका अन्य दुईजनाको भने उद्धार गरिएको छ ।

त्यस्तै कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि एक घर बगाउनुको साथै संयौ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा बाढी आउँदा कैलाली–कंचनपुर जोड्ने स्काई फोल्डिङ पुल, दुर्गा मन्दिरस्थित गणेशदत्त पाण्डेको इँटाले बनेको टिनले छाएको १ कोठे किराना पसल र काठले बनेको टिनले छाएको प्रतीक्षालय बगाएको छ।

यस्तै, धनगढी उपमहानगरपालिका ३ र कञ्चनपुरको बाईसेविचुवा जोड्ने मोहना नदीमा निर्माणाधीन पक्कीपुलको दुवै किनारमा भरान गरिएको माटो बगाउँदा आवागमन ठप्प भएको छ। यस्तै, जिल्लामा पथरैया नदीमा आएको बाढी बस्तीमा पसेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ४ र ७ मा पथरैया नदी बस्तीमा पसेको छ। यस्तै, कैलारी गाउँपालिका-७ छटकपुर बसन्ता गाउँमा कटैनी नदीमा आएको बाढी पसेको छ। नदीमा आएको बाढी ३० बढी घरमा पसेको जनाइएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार