वि.सं.२०७८ साल भदौ १२ गते। शनिबार। ईश्वी सन् २०२१ अगष्ट २८ तारिख। नेपाल संवत् ११४१। राक्षस संवत्सर। काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २७ मिनेट। दिनमान ३१ घडी ५६ पला।
मेष– (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ। सोचेका तथा गरेका कामहरू समयमा सम्पन्न नहुँदा मानसिक तनाव बढ्नेछ।
वृष– (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला।
मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटना घट्न सक्छ । प्रेममा एक अर्का बीच वैमनस्यता बढेर जाने योग रहेको छ भने जीवन साथीसँग अविश्वास बढेर जानेछ।
कर्कट– (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा विजय हुने योग रहेको भने अन्य साथीहरूलाई किनारा लगाउँदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले पद पाउने समय रहेको।
सिंह–मा,मी,मू,मे,मो,टा,टी,टू,टे) यात्रासँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ। प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको।
कन्या– (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक सम्पत्ति तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला। आर्थिक अपचलनको मुद्दा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ।
तुला– (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्पत्ति जुट्नुको साथै बिलासी जीवन व्यतीत गर्न सकिनेछ। व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन तथा धातु सङ्ग्रह गर्न सकिनेछ।
वृश्चिक– (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना ऋणहरू सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ। नोकरीमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन। प्रेम प्रसङ्गमा एक अर्का बीच नजिक हुने तथा रमाउन सकिनेछ।
धनु– (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा अरूभन्दा एक कदम अघि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ। बौद्धिक व्यक्तित्वहरु सामु तपाईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ।
मकर– (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको। पढ्ने लेख्ने कामका खासै मन नजाँदा अरूभन्दा पछि परिनेछ।
कुम्भ– (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यवसाय फस्टाएर जानेछ भने छोटो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको। पुराना समस्याहरूलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसरहरू सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ।
मीन– (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कुटुम्बबाट तपाईंले गरेको काममा सहयोग प्राप्त हुनेछ। पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेको।