काठमाडौं । बैतडीमा एक युवक खोलामा बगेर वेपत्ता भएका छन्। आफन्तको मलामी गएका युवक खोला नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्। वेपत्ता हुनेमा सिगास गाउँपालिका-२ का २२ वर्षीय प्रकाशसिंह धामी रहेको प्रहरीले जनाएको छ।
उनिसंगै बगेका ४ जनाको भने उद्धार गरिएको जनाइएको छ । आइतबार बिहान साथीहरुसँग टुँडे खोलामा नुहाउने क्रममा बगेर बेपत्ता प्रकाशको खोजी भइरहेको प्रहरीले जनाएको छ।