बिहिवार, आश्विन १५ गते २०८३

यी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना, सहर्तक रहन आग्रह

सोमवार , भाद्र १४, २०७८

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। 
 
महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही  स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ। 
 
आज दिनभर भने देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले  सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
 
यसका साथै, आज दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका  र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार