आइतवार, कार्तिक ९ गते २०८३

महाकाली नदीले पार गर्यो सतर्कताको तह, बनवसा पुलमा ठूला सवारीका साधन सञ्चालनमा रोक

सोमवार , भाद्र १४, २०७८

काठमाडौं। मनसुन सकिनै लाग्दा लगातार भैरहेको वर्षाका कारण देशभर वितण्डा मच्चाइरहेको छ।  उता महाकाली नदीमा पनि नदिमा पालको सतह बढीरहेको  छ।

आपतकालीन कार्य सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार सोमबार दिउँसो १२ बजे गरिएको मापन अनुसार नदीमा पानिको सहतहले सतर्कताको तह पार गरेको छ। हाल पानीको बहाव एक लाख ४१ हजार १८० क्युसेक पुगेको छ ।

निरन्तर रुपमा पहाडी क्षेत्रमा भैरहेको वर्षाका कारण नदीमा पानीको बहावमा बृद्धि भएको केन्द्रले जनाएको छ।  पानीको बहाव बढेसँगै बनवसा पुलमा ठूला सवारीका साधन सञ्चालनमा रोक लगाइएको छ। नदीको जलसतह बढ्न थालेकाले कञ्चनपुरका नदी तटीय क्षेत्रमा डुवान हुने क्षेत्रमा उच्च सर्तकता अपनाइएको पनि जनाइएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार