जागरुक युवा अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानलगायत संस्थाहरूको अगुवाइमा काठमाडौंका विभिन्न स्थानमा र्याली, सांस्कृतिक कार्यक्रम र प्रदर्शनी आयोजना गरिएको थियो।
सहभागीहरू दौरा-सुरुवाल, ढाका टोपी, भादगाउँले टोपी, गुन्यू-चोलोलगायत परम्परागत पोशाकमा सजिएर राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनको सन्देश दिएका थिए।
यस दिवसले युवापुस्तामा राष्ट्रिय पोसाकप्रतिको आकर्षण बढाउँदै लगेको छ भने सरकारलाई पनि मौलिक संस्कृतिको संरक्षणमा थप ध्यान दिन प्रेरित गरिरहेको छ।