शनिवार, कार्तिक ८ गते २०८३

दार्चुला तुइन प्रकरण : छानविन समितिले बुझाएको प्रतिवेदनमा के छ?

गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाए

मंगलवार , भाद्र १५, २०७८

काठमाडौं । गत साउन १५ गते दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी तर्दा वेपत्ता भएको घटनाको छानविन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ। प्रत्यक्षदर्शीका अनुसार जयसिंह धामी तुइनबाट नदी तर्ने क्रममा भारतिय सुरक्षा बल एसएसबीले तुइनको डोरी फुस्काइदिँदा नदीमा खसेर वेपत्ता भएका हुन्।

दार्चुलाको ब्याँस गाउँपालिका-२ का जयसिंह अझै फेला परेका छैनन्।  सोही घटनाको छानविन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन मंगलबार बुझाएको छ । समितिका संयोजक जनार्दन गौतमले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।

यसअघि प्रतिवेदन सार्वजनिक नगर्दा सरकारले घटनाबारेको प्रतिवेदन गुपचुप राख्न खोजेको आरोप लगाई आलोचना हुँदै आएको थियो। विशेषगरी घटना भारतसंग जोडिएको हुँदा यसलाई महत्वका साथ हेरिएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार