काठमाडौं । जनमत पार्टीले राष्ट्रिय पोसक दिवस धोती लगाएर मनाएको छ ।
डा. चन्द्रकान्त राउतको नेतृत्वमा रहेको पार्टीले बिहीबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर धोती दिवस आयोजना गरेको हो । पार्टीका नेता तथा कार्यकर्ताहरू धोती लगाएर काठमाडौंको माइतीघर मण्डलामा भेला भएका थिए । कार्यक्रममा सहभागीहरूले ‘धोती–टोपी एक हौं, ‘धोती हाम्रो गर्व हो र ‘धोती मधेसको पहिचान हो’ जस्ता नारा लगाएका थिए ।
जनमत पार्टीले धोतीलाई मधेसी समुदायको सांस्कृतिक धरोहरका रूपमा प्रस्तुत गर्दै मधेसीमाथि हुने विभेद र दुव्यर्वहार विरोधस्वरूप यो दिवस मनाइएको जनाएको छ । पार्टीले यसअघि नै देशभरका सबै जिल्लामा धोती दिवस मनाउन परिपत्र जारी गरेको थियो ।