आइतवार, श्रावण २४ गते २०८३

काठमाडौंमा यसरी मनाइदै छ पृथ्वीजयन्ती (तस्वीरसहित)

आइतवार , पौष २७, २०८२

काठमाडौं । विभिन्न कार्यक्रमहरू गरी पृथ्वीजयन्ती मनाइएको छ ।

New Project (9).jpg

आधुनिक नेपाल एकीकरणको नेतृत्वकर्ता महाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाउने गरिन्छ । यसक्रममा प्रमुख प्रशासनिक निकाय सिंहदबारको पश्चिम ढोकानजिक रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिएको छ ।

New Project (10).jpg

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरे, सरकारका विभिन्न मन्त्रीहरू, विभिन्न राजनीतिक पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तकले त्यहाँ पुगेर माल्यार्पण गरे ।

New Project (8).jpg

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत थुप्रै नेता–कार्यकर्ता, राजावादीहरूको ठूलो उपस्थिति थियो ।

New Project (7).jpg

प्रतिक्रिया
सम्बन्धित समाचार