आइतवार, श्रावण २४ गते २०८३

यसरी मनाइँदै छ काठमाडौंमा माघे सङ्‍क्रान्ति, मगर समुदायको र्‍याली

बिहिवार , माघ १, २०८२

काठमाडौं । माघे सङ्‍क्रान्ति पर्वका अवसरमा काठमाडौंमा बसोबास गर्दै आएका मगरहरूले सांस्कृतिक र्‍याली निकालेका छन् ।

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र विभिन्न संघसंस्थाको अगुवाइमा काठमाडौंमा उपत्यकामा बस्दै आएका मगरहरूले बिहीबार भृकुटीमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्‍याली निकालेका हुन्  । माघे सङ्‍क्रान्ति विशेषतः मगर जातिमा चेलिबेटीको चाड हो । सङ्‍क्रान्ति मगर जातिका कुलदेवताको पूजाआजा गरिन्छ ।

चेलीलाई पुज्न माघे सङ्‍क्रान्तिको दिन बिहान दाजुभाइले नुहाएर खालीपेटमा कुल–कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई टीका लगाइदिएर दान दक्षिणा गरी उपहार दिने चलन छ । तरुल, फलफूल, सेल, तरकारीलगायतका परिकार मिलाएर बनाइएको उपहारलाई मगर समुदायमा मिश्रा वा निस्रो (उपहार वा प्रसाद) दिने भनिन्छ ।

मगर समूदायका मौलिक संस्कृतिहरू नेपाल सरकारको राष्ट्रिय सूचीमा सूचीकृत गराउँदै विश्वव्यापी बनाउने उदेश्यका साथ मगर संघले टुँडिखेलमा मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव समेत आयोजना गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार