काठमाडौं। काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता महेश बस्नेतलाई भक्तपुरका सभापति दुर्लभ थापालाई चुनावमा हराएर देखाउन चुनौती दिएका छन्।
यसअघि एमाले नेता बस्नेतले भक्तपुरमा शेरबहादुर देउवालाई चुनावमा उठाए आफू लड्न तयार रहेको र आफुले सहजै रुपमा विजय हासिल गर्ने दावी गरेका बताएका थिए। सोही भनाइप्रति लक्षित गर्दै देउवाले आफुलाई भन्दा भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौति दिए।
बस्नेतकै निर्वाचन क्षेत्र भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ मा शुक्रबार काँग्रेसको वडा अधिवेशन उद्घाटन गर्दै देउवाले काँग्रेस सशक्त ढंगले अघि बढिसकेको भन्दै आगामी चुनावमा काँग्रेसको उपस्थिति बलियो रहने उल्लेख गरे।