शुक्रवार, आश्विन १६ गते २०८३

ओलीले सुरु गरेका दुई हजार बढी आयोजनाको नयाँ ठेक्का लगाउन रोकियो, यस्तो छ कारण 

शुक्रवार , भाद्र १८, २०७८

काठमाडौं। सरकारले ओली सरकारले सुरु गरेका २ हजार भन्दा बढी सडक आयोजनाको नयाँ ठेक्का लगाउन रोकेको छ। सरकारले पूर्वतयारी नभएको र स्रोत पनि सुनिश्चित नभएको भन्दै २ हजार बढी सडक आयोजनाको नयाँ ठेक्का लगाउन रोक लगाउने निर्णय गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले २२ साउनमै पुनप्राथमिकीकरण गर्नुपर्ने भन्दै पूर्वतयारी नसकिएका आयोजनाहरु रोक्ने निर्णय गरेका थिए । त्यसका आधारमा सडक विभाग र स्थानीय पूर्वाधार विभाग मातहत प्रस्ताव गरिएका २ हजारभन्दा बढी सडक आयोजनाहरुको नयाँ ठेक्का लगाउन रोकिएको छ। 

केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वतयारी नगरी आयोजना अघि बढाउँदा ठूलो आर्थिक दायित्व सिर्जना हुने अर्थ मन्त्रालयको निष्कर्ष छ । अर्थ मन्त्रालयको निर्देशनअनुसार सडक पूर्वाधार विकास कार्यक्रम र तराई-मधेस सडक विशेष कार्यक्रमका १४१० वटा सडक, काठमाडौं सडक विस्तार आयोजनाका करिब २०० वटा टुक्रे सडक र ७८ वैकल्पिक सहायक राजमार्ग आयोजनासहित सुरुङमार्ग विकास कार्यक्रमको अध्ययनसहित नयाँ निर्माणको काम पनि तत्कालका लागि रोकिएको छ ।
त्यस्तै १६५ वटै निर्वाचन क्षेत्रमा लागू भएको निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम पनि सरकारले रोकेको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार