बिहिवार, आश्विन १५ गते २०८३

रौतहटमा रास्वपाका उमेदवारको गाडीले ठक्कर दिँदा एक बालिकाको मृत्यु

बिहिवार , माघ २२, २०८२

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उमेदवारको गाडीले ठक्करले एक जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो रास्वपाका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट इशनाथ नगरपालिका वडा नम्बर ४ मठियाकी चार वर्षिया अल्फा खातुनको ज्यान गएको हो । चुनाब प्रचार कै क्रममा रहेको बेला दिउँसो २ः३० बजेको समयमा बा१५च ४२४४ नम्बरको कार चढेर मत माग्न जाँदै गरेको बेला तिब्र गतिमा रहेको कारले नाबालिकालाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते बनेकी उनको उपचारका क्रममा ज्यान गएको हो । घाइते नाबालिकालाई चालकले सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा उपचारकालागि पुर्‍याएका थिए । उपचारको क्रममा उनकोज्यान गएपछि चालक अस्पतालबाटै फरार भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी प्रहरीले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार